Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

शंकरापुर कलेजको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न


ललितपुर । सुमेरु गुप्र अन्र्तगत ललितपुरको सातदाबाटोमा संन्चालनमा रहेको शंकरापुर कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शुक्रवार ललितपुरको हात्तीवनमा एक कार्यक्रमको आयोजना गदै २०७७ देखि २०८० सम्म विभिन्न संकायमा अध्ययनरत विद्याथीहरुको विदाई र २०८१ मा विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना सम्पन्न गरेको हो ।

कार्यक्रममा सुमेरु गुप्रका अध्यक्ष विरेन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरूले नेपालको संस्कृतिलाई थप उजागर गर्ने उद्देश्यले विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए ।


क्याटेगोरी : शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode