संसदको अधिवेशन नबोलाए चुप लागेर नबस्ने माओवादीको चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दवाव दिने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सवै दलसंग छलफल गरेर दवाव सिर्जना गर्ने बताएका हुन् । उनले संसद छलेर सरकारले दलबिभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको अरोप लगाए ।
सापकोटाले चाडो भन्दा चाडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे । बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रुपमा राख्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । उनीहरुले समसामायीक परिस्थीति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनाका बारेमा धारणा राखेका थिए ।
बैठकमा प्रचण्डले देशका सवै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरि बिभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सवै केन्द्रीय नेताहरु समेत सहभागी हुने बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया