Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कांग्रेस र एमालेबीच ३५–३५ जिल्लामा भागबण्डा


काठमाडौं । सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराएका छन् । सपथ कार्यक्रममा मन्त्री अधिकारीले तीन बर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुने आश्वासन दिए ।

मन्त्री अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा भएका महत्वपुर्ण कामहरुको जानकारी गराउदैं अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने पनि बताए । आयोगको ३ बर्षे कार्यकालमा भूमि समस्या स्थायीरुपमा समाधान गर्ने उनको दाबी छ ।

यसअघि ५८ जिल्लामा नियुक्त गरिएकोमा पछि अन्य जिल्लामा थपेर शपथ गराइएको हो । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५–३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो । सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन ।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode