Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

आफूलाई अभियान्ता भनेर चिनाउने आशिका तामाङ पक्राउ


ललितपुर । प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ। अभद्र व्यवहारमा तामाङलाई प्रहरीको स्वयम्भू वृत्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।
तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो। तामाङमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ।

अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ। पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालहरूमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्।


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode