Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पूरा


काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । प्रतियोगीतामा नेपाल, भुटान र लावस सहभागी हुनेछन् । तीन राष्ट्रहरुले दशरथ रंशालामा सिंगल राउन्ड रोविन आधारमा खेल खेली उत्कृष्ट दुई राष्ट्रबीच फाइलन खेल खेलाइने एन्फाले जनाएको छ । प्रतियोगीता फिफा विन्डो अन्तर्गतका मितिहरुमा खेलिने एन्फा प्रवक्ता सुरेश शाहले जनकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्धितिय पुरस्कार तीन हजार अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० र प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई ५ सय गरि कुल ९ हजार ९ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट १ करोड ७७ लाख ६८ लाख रुपैया रहेको छ । प्रतियोगीता अन्तर्गत पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगीताका लागि भुटान र लाओसको टीम नेपाल आइसकेको छ ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode