ललितपुरमा सुरु भयो ट्राफिक सचेतना अभियान
ललितपुर । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो । सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरिएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
उनले ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४ सै घण्टा सञ्चालन हुने बताए । स्मार्ट ट्राफिक लाइटको नियम उलंघन गरेको विवरण सिस्टममा रेकर्ड हुने भएकाले नियम उलंघन गर्नेलाई अव कारबाही गर्ने उनले बताए ।
साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरूले चोक चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ । सचेतना कार्यक्रमको सहकार्य प्याब्सन ललितपुर, प्रहरी परिसर जावलाखेलका साथै काठमाडौं उप्त्यका ट्राफिक प्रहरीले पनि गरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया