युटुबर मनोज मानवलाई नेकपा (माओवादी) ले दियो कारबाहीको चेतावनी, ब्ल्याकमेल गरेको आरोप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले युटयुबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोको गतिविधिप्रति आपत्ती जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को मध्य कमान्ड, ईन्चार्ज सोवितले विज्ञप्ति जारी गर्दै मानवले विभिन्न व्यक्तिहरुलाई ब्ल्याकमेल गरेको आरोप लगाएका हुन् ।
विज्ञपतिमा भनिएको छ–“सिराहा घर भइ हाल काठमाण्डौ कीर्तिपुर नगरपालिकाका बसोबास गर्ने वर्ष ३६ को मनोज कुमार महतो भन्ने व्यक्ति काठमाण्डौको अनामनगर भ्वईस मिडियाका सञ्चालक मनोज मानव भन्ने व्यक्तिले विभिन्न नागरिक, राजनीतिक शिर्ष नेताहरु, प्रशासनका अफिसर, सोझा व्यापारीहरुमाथि नारी वा पुरुष दुबैमाथि ब्ल्याक मेल गोप्य रुपमा क्यामरा विभिन्न उपकरणहरुको ललाई फलाई जालजेल षडयन्त्र गर्ने, पैसा बार्गेनिङ जस्ता धन्दा चलाएको हुनाले यो हर्कत बन्दा गर्न हाम्रो आग्रह छ ।”
मनोजले कांग्रेसका नेताहरुको आडमा यस्ता गतिविधिहरु गर्दै आएको आरोप लगाइएको छ । मानवले यस्ता गतिविधि नरोके जुनसुकै खालको कारवाही गर्ने चेतावनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले दिएको छ ।
युट्युबरको रुपमा चिनिएका मनोज यसअघि विभिन्न कसुरमा पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।
पछिल्लो पटक उनलाई १९ पुसमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो ।
यसअघि पनि मानव पटक–पटक साइबर अपराधको कसुरमा पक्राउ गर्दै आएका थिए । युट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गर्दै आएका उनी धरौटीमा छुटेका थिए ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश
प्रतिक्रिया