Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रचण्डलाई एमालेको प्रश्न : १० पुसमा एमालेसँग किन सहयात्रा गरेको ?


काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेले सरकार छाडेर गए हुन्थ्यो भन्ने मनसाय व्यक्त गरेपछि आफूहरु फिर्ता भएको बताएका छन् । पुष १० गते बनेको दाहाल नेतृत्वको सरकारका अर्थमन्त्रीसमेत रहेका पौडेलले प्रधानमन्त्रीको अपमानजनक व्यवहारका कारण सरकार छोड्न बाध्य भएको बताएका हुन् । तत्कालिन परराष्ट्रमन्त्री विमला पौडेललाई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने निर्णय गराएर अन्तिम समयमा रोकेको पौडेलेको गुनासो छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा सहभागी हुन विमला पौड्याल स्वीजरल्यान्डको जेनेभातर्फ प्रस्थान गर्नै लाग्दा अन्तिम समयमा प्रधानमन्त्री दाहालले उक्त भ्रमण रोकेका थिए । उपाध्यक्ष पौडेलले एमालेसँगको सहकार्य किन टुंग्याएको भनेर दाहालसँग प्रश्न पनि गरेका छन् । उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे ।

पौडेललाई जवाफ दिदै नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसद विघटनलाई बहादुरी ठानेपछि आफूहरुले राजनीतिक समीकरण फेरेको बताएका छन् ।

इतिहासको सम्मान गर्दै गल्ती सच्याएर अघि बढ्नुपर्ने बताउँदै पौडेलले दुईदुई पटक संसद विघटन गर्न पाइने कुरा संविधानको कुन धाराअनुसार गरियो ? भनेर प्रश्नसमेत गरे ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode