जनकपुरधाम उपमहानगर–११ का वडाअध्यक्ष र सचिव ५० हजार घुससहित पक्राउ

काठमाडौं,धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार राय सेवाग्राहीसँग घूस लिदैगर्दा पक्राउ परेका छन् ।
सेवाग्राहीसँग लिएको ५० हजार घुससहित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष चौधरी र सचिव रायलाई नियन्त्रणमा लिएको हो । जनकपुरधाम उपमहानगरपालिका–६, रामजानकी हस्पिटल नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा सेवाग्राहीसँग घूस लिएको उनीहरुमाथि आरोप लगाइएको छ । कुन प्रयोजनमा, कुन सेवाग्राहीसँग घुस लिइएको, मोलमोलाईजा के कति भन्ने बारे केही खुलाईएको छैन । घटनामाथी अख्तियारले थप अनुसन्धान गरेर विशेष अदालतमा कानुनी कारबाहीका लागि मुद्धा अघि बढाइनेछ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार
प्रतिक्रिया