ललितपुर मालपोत कार्यलयले विदामा पनि सेवा दिने ।
भुमिसुधार तथा मालपोत कार्यलय लगनखेलले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएको छ । शनिबार बाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने नामसारी माग निवेदनमा तोक दर्ता गरी सनाखत गराउने तथा हकछाडपत्र मंजुरी निबेदनमा समेत सनाखत गरउोन सेवा , डोर माग भएका लिखत निबेदनमा सनाखत गर्ने,फिल्ड निरिक्षण,सर्जमिन मुचुल्का गर्ने गराउने सेवा ,लिखतको नक्कल मिसिलको नक्कल माग भएमा उपलब्ध गराउने सेवा र श्रेस्ताको नक्कल प्रतिलिपी उपलब्ध गराउने सेवाहरु प्रदान गर्न छ ।
कार्यालयका अनुसार यस वर्ष सार्वजनिक बिदा दिइएको १६ दिन पनि कार्यालय खुल्ने छन् । वैशाख २२ गते (उभौली पर्व, बुद्धजयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते (क्रिसमस डे) लगायतका सार्वजनिक बिदाका दिन पनि कार्यलयले सेवा उपलब्ध गराउने छ ।
त्यस्तै पुस १० गते किरात समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ गतेको तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने बरालले जानकारी दिए । फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्री, फागुन २८ ग्याल्पो ल्होसार÷बकर इदका दिन पनि कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुनेछ । सरकारले शनिबार बाहेकका अधिकांश सार्वजनिक विदाका दिन सेवाग्राहीको चाप हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेसगै मालपोत कार्यलयले उक्त निर्णय लाई कार्यन्वयनमा ल्याएको हो ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया