Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

खुल्यो तातोपानी नाका


ललितपुर । लामो समयदेखि बन्द रहेका चीनतर्फको तातोपानी नाका आज बाट खुल्ला भएको छ । ०७२ को विनाशकारी भुकम्प पछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका सोमबार देखि खुल्ला भएको हो । गत चैतमा उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालय र चीनविच भएको छलफल पश्चात चीन तर्फका सबै नाका खुल्ला गर्न सहमति अनुसार नाका खुल्ला भएर सन्चालनमा आएको हो ।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकापनि आजबाट खुल्नेछन् ।

चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारी पछि पूर्ण रूपमा सुचारु हुन सकेका थिएनन्।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode