Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

काग तिहारमा काग सम्मेलन : कागेको कमाल


काठमाण्डौ । काग तिहारको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ । ग्रीन सिटी अस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा १९औँ काग सम्मेलन गरिएको हो । काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका थिए ।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसवर्ष पनि काग बोलाएर सम्मेलन गरेका हुन् । कागसँग उसको भाषा बुझेर बोल्नुपर्ने दुलालले बताए । काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode