Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

फार्मेसी प्रमुख अमृत पोखरेलका लागि न्याय माग्दै आफन्तहरु धर्नामा


काठमाण्डौ । झुण्डिएको अवस्थामा भेटिएका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी प्रमुख अमृत पोखरेलका लागि न्याय माग्दै आफन्तहरु धर्नामा बसेका छन् । घटनाको प्रहरी असुन्धान जारी रहँदा पोखरेलका आफन्तले सोमबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् । पोखरेलले लेखेको सुसाइड नोटमा औषधि खरिदमा भएको अनियमिततामा आफुलाई षडयन्त्रपूर्वक फसाउँन खोजिएको उल्लेख गरेपछि आमहत्या नभइँ हत्या भएको परिवारको आरोप छ । कसैले पनि अन्यायमा पारेर भावना संग खेल्न नपाउँने भन्दै मृत्युको जिम्मेवार अस्पताल प्रशासन हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै, मृतककोे मामा ससुरा घनश्याम बस्यालले प्रशासनिक दबाब सहन नसकेर आत्महत्या गरेको दावी गरेका छन् । घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई हदसम्मको कारबाही हुनुपर्ने उनको माग छ ।

फार्मेसी पढाइमा गोल्ड मेडलिस्ट पोखरेललाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाल फार्मेसी एसोसिएसनले पनि आवाज उठाएको छ । गत असार २९ गते विहान अस्पतालमा नै झुण्डिएको अवस्थामा फेला परेका पोखरेलको घटनाको छानविन जारी छ । मृतकका आफन्तले आत्महत्या दुरुत्साहनको जोहेरी दिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । अस्पताल प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त प्रहरी नियन्त्रणमा छन् ।


क्याटेगोरी : जनगुनासो, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode