Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

नेपाल पुलिस क्लब पीएम कप एकदिवसीय पुरुष क्रिकेटको सेमिफाइनलमा


काठमाण्डौ ।  विभागीय टोली नेपाल पुलिस क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बिहीबार लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायम राखेको हो । यस जितसँगै पुलिस सेमिफाइनलमा समेत प्रवेश गरेको छ । लुम्बिनीले दिएको १ सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ९२ रन जोड्दै पूरा गर्यो ।

पुलिसको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । लुम्बिनीका अनिल खरेलले २ विकेट लिए । आजै भएको खेलमा मधेश प्रदेशले प्रदेश–१ लाई ७२ रनले हराउँदै विजयी सुरुआत गरेको छ । मधेशले दिएको २ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश–१ ले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ४२ रन मात्र बनाउन सक्यो । यस जितसँगै समूह ’बी’ मा रहेको मधेशले १ खेलमा २ अंक जोडेको छ । प्रदेश–१ ले ३ खेलमा २ अंक जोडेको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode