Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

कागबेनीमा आएको बाढीले १५ घरसहित पक्की पुल र प्रहरी चौकी बगायो


मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले १५ घरसहित एक निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पनि मानवीय क्षति भने भएको छैन । बाढीले कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगाएको छ ।

चौकी बगाएपछि प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् । बाढीले कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएकाले कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क समेत टुटेको छ । कागबेनीको बीच बस्तीसम्म राति करिब आठ बजे बाढी पसकेको थियो ।

बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा अहिले पनि सुरक्षा निकाय,जनप्रतिनिधि र कर्मचारीहरुको टोली परिचालित छ । बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोल बगाउँदा विद्युत सेवा पनि अवरुद्ध भएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode