मूख्यमन्त्री नियुक्त भएको तेस्रो दिनमै विश्वासका मत लिने कार्कीको निर्णय
काठमाण्डौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबनर मुख्यमन्त्री नियुक्त भइ आइतबार सपथ लिएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन् ।
एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेर सपथ लिएपछि विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १६८ को उपधारा (४) अनुसार विश्वासको मत लिन नसकेको अवस्थामा प्रदेश मध्यावधी निर्वाचनमा जाने छ । तर उनलाई एमाले र सत्ता गठबन्धनका सांसदले विश्वासको मत दिने भनिसकेका छन् । जसका कारण तत्कालका लागि मध्यावधीमा जाने सम्भावना टरेको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया