Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुई वटा गैँडा


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोस्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् ।

सानो गैँडा तीन दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । यस वर्ष निकुञ्जमा चोरी–सिकारबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँच वटा गैँडा मरेका छन् । गएको वर्ष तस्करले अमलटारी क्षेत्रमा दुई वटा गैँडा मारेका थिए ।

गत वर्ष माघमा चितवन निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी मध्यविन्दु नगरपालिका–२ नारायणी किनारमा तस्करले करेन्ट लगाएर दुईवटा गैंडा मारेका थिए । यो आर्थिक वर्षमा अहिलेसम्म चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा आठ वटा गैंडा मरेका छन् ।

गैंडा दुर्लभ वन्यजन्तु भएका कारण यसलाई मारेमा वा यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode