चिसोका कारण भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर, १० जनाको मृत्यु

काठमाण्डौ । चिसोका कारण भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ । भूकम्पपछि त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घ रोगी र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । पछिल्लो एक साताको अवधिका १० जनाको मृत्युसमेत भइसकेको छ । त्रिपालभित्रको बसाइ र अत्याधिक चिसोको कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेकाछन ।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घ रोगी र वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्ध वृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १ सय ५४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । अहिले विस्थापित भएका अधिकांश खुल्ला आकाश मुनी त्रिपालको सहारामा बस्न बाध्य छन् ।
उनीहरूले अहिले सम्म राहत समेत पाउन नसकेको गुनासो गरेका छन् । जाजरकोट र रुकुम पश्चिममा कूल २६ हजार पाँच सय ५७ घर पूर्ण रुपमा क्षति भएको पाइएको छ । दुवै जिल्लामा गरि ३४ वटा सरकारी भवन पूर्ण क्षति भएका छन् भने १६ वटामा आशिंक क्षति पुगेको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया