७ महिनापछि बालकृष्ण खाण थुनामुक्त, बुझाए ४५ लाख धरौटी

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि आज थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि खाँण थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई गता वैशाखमा २७ गते पक्राउ गरेको थियो । उच्च अदालत पाटनले खाँणलाई बिहीबार मात्र ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । बिहीबार न्यायाधीश कृष्णराम कोइराला खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।
आज जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ । दुबैतिर गरी कुल ४५ लाख धरौटी बुझाएर खाँण थुनामुक्त भएका हुन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया