५ महिनामा नेपाल भित्रियो १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०÷८१ को ५ महिनाको अवधिमा १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो ।
तथ्यांकअनुसार यस अवधिमा १ करोड ९४ लाख वटा कन्डम नेपाल भित्रिएको छ । यस्तै, यसबापत राज्यकोषमा २४ हजार रुपैयाँ कर दाखिला भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । नेपालमा विशेष गरी चार वटा देशबाट कन्डमको आयात हुने गरेको छ ।
सबैभन्दा धेरै भारतबाट १० करोड ९४ लाख रुपैयाँभन्दा धेरैको १ करोड ८६ लाख ९२ हजार वटा कन्डम भित्रिएको छ । यसबाहेक चीनबाट २२ लाख ४० हजार रुपैयाँको भित्रिएको छ । यस्तै, कोरियाबाट ५२ लाख ४२ हजारको र मलेसियाबाट ३३ लाख ४९ हजार रुपैयाँको भित्रिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश
प्रतिक्रिया