Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

उदयपुरको गाईघाटमा एकैघरका १८ माउबाख्रा एकैपटक मरे


उदयपुर । अज्ञात रोगको कारण उदयपुर सदरमुकाम गाईघाटमा एकैघरका १८ माउबाख्रा एकैपटक मरेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका संचालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन ।

अज्ञात रोगका कारण कृषक खड्काको गोठनै रित्तिनेगारी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताउनु भयो । मंगलबार विहान एकैपटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए ।

मंगलबार आफैले पशुप्राविधिकलाई कृषकको घरमा पठाईदिएपनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाई छ । सोमबार राती आफुले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले बताउनु भयो । उपचार गर्दा गर्दै मंगलवार साँझ सम्ममा १८ वटा बाख्रा एकैपटक मरेपछि कृषक खड्कालाई ठूलो आर्थिक नोक्सानी भएको छ । सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर रहेको स्थानीय कृषकको भनाई छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode