Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

पशुपतिनाथमा महाशिवरात्रीको रौनक, सहज दर्शनको व्यवस्थाले भक्तजन खुशी


काठमाण्डौ । आज हिन्दुहरूको प्रमुख चाड महाशिवरात्री । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्ल्लख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । आज विशेष गरि पशुपतिनाथ मन्दिर तथा देशभरिका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइंचो हुन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकचोटीमा नौदेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । राम्रो व्यवस्थापनले दर्शन गर्न सहज भएको र धेरै समय लाइनमा बस्न नपरेको भन्दै भक्तजनले खुशी व्यक्त गरेका छन् ।

यसपटक पशुपतिमा २० लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode