Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेस–एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने कृष्ण सिटौलाको विश्वास


काठमाण्डौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा कामनपा–१६ स्थित नयाँबजार मल्टि भेन्यूमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै  सिटौलाले कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका हुन् ।  उनले कांग्रेस एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौं राजनीतिको क्रिडास्थल भएको टिप्पणी गरे । गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको बताए ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।

उक्त कार्यक्रमलाई कांग्रेस नेतृ सिर्जना सिंह, तार्केस्बर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी , काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष समेत रहेका नेता ख्यामप्रसाद तिवारी ,सबिन तामाङ लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा विभिन्न चर्चित कलाकार सुगम पोख्रेल , प्रकास कट्बालले सांगीतिक प्रस्तुती समेत दिएका थिए । साथै सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु केपि खनाल , अर्मित तिबारी, यादब खनाल , अनुप रोसन स्थापित , लाई सम्मान समेत गरिएको थियो ।

सुशील भट्ट नेतृत्वको परिवर्तन अभियान नेपालले यसअघि काठमाडौंका विभिन्न स्थानमा विविध किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ ।


क्याटेगोरी : देश
ट्याग : #Sushil Bhatta, #परिवर्तन अभियान नेपाल

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode