Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

१३ औं अन्तराष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज


चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । १३ औं अन्तराष्ट्रिय हात्ती दिवसको अवसरमा सोमबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा नीजि स्तरका हात्तीहरुलाई खिर, केक सहित वनभोज खुवाइएको हो । हात्ती वनभोजमा उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजासहितको मिठान्न परिकार बनाईको थियो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र नीजि स्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षण सम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको हो । बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरुलाई एकैठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको थियो ।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा नीजिस्तरमा पालेका ४५ वटा हात्ती छन् । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै अन्तराष्ट्रिय हात्ती दिवस मनाउदै आइएको छ ।


क्याटेगोरी : देश
ट्याग : #सौराहामा हात्तीलाई वनभोज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode