Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेसलाई फकाउने ओलीको प्रयास, आफ्ना कार्यकर्तालाई कडा निर्देशन


काठमाण्डौ । नेकपा एमालेले निर्णायक रााष्ट्रिय शक्ति निर्माणमा सन्दर्भमा पार्टीको बार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार सम्पन्न एमाले पोलिट्व्युरो बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको बार्षिक कार्ययोजनामाथि छलफल गर्दै सुझाव सहित अन्तिम रुप दिने जिम्मा पार्टी सचिवालयलाई दिएको हो ।

बार्षिक कार्ययोजनामा ५१ जना पोलिट्व्युरो सदस्यहरुले धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । धाराणा राख्नेहरुले बार्षिक कार्यायोजनाको कार्यान्वयनमा जोड दिएका छन् । बैठकको समापन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टीभित्र अराजक गतिविधि स्वीकार्य नहुने भन्दै अराजक गतिविधि गर्नेलाई पार्टी छाड्न सुझाव दिएका थिए ।

ओलीले एमाले कुनै ढल नभएकाले कि राजनीति गर्न कि रमाइलो गर्न सुझाव दिनुभएको प्रचार विभाग प्रमुख गौतमले बताए । ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चूनाव लड्ने भन्दै अहिलेको अवस्थामा कुनै बामपन्थी एकता सम्भव नरहेको स्पष्ट पारेका थिए । ओलीले वामपन्थी एकता नगर्ने भन्दै नेपाली कांग्रेसलाई आस्वस्त पार्न खोजेको जस्तो देखिएको छ ।

ओलीको भनाइ स्पष्ट पार्दै गौतमले भने, ‘नेपाली कांग्रेसले एक्लै चुनाव लड्छु भनेको छ । एमाले हिजो पनि एक्लै गठबन्धनसँग लडेको र आज पनि एक्लै चुनाव लड्छौं । आफ्नो नीति तथा कार्यक्रम लिएर वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन ।

ओलीले पार्टीभित्र कतिपय नेता कार्यकर्तामा चारित्रिक विचलन देखिएको भन्दै पार्टी छाड्न वा मोजमस्तीमा लाग्न दुईमध्ये एक विकल्प दिएका छन् । ओलीको भनाइ उदृृत गर्दै गौतमले भने– एमाले यस्ता विषयमा प्रष्ट छ । अध्यक्षले प्रष्टसँग राजनीति गर्ने कि इन्जोय गर्ने ? एउटा विकल्प रोज्न भन्नुभएको छ । अनुशासनहीन र चरित्रहीन गतिविधिमा कसैलाई छुट छैन ।

एमाले महासचिव पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा पार्टी संरचनालाई बलियो बनाउन पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने उल्लेख गरे । त्यस्तै पार्टीको सदस्यता नविकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्याङ्कन लगाएतका बिषय प्रतिवेदनमा समावेश गरेका छन् । पोलिट्व्युरो बैठकले बिभिन्न समसामायीक प्रस्ताव समेत पारित गरेको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode