Techie IT
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

डाँका चोरीमा संलग्न तीन जना र नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ


काठमाडौं ।  डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने बिकाश श्रेष्ठ, रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल र बाजुरा त्रिवेणी नगरपालिका-७ घर भई काठमाडौं बालाजु बस्ने ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन् ।

ललितपुर महानगरपालिका-१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानबाट साउन २९ गते दिउँसो मोबाइल ४ थान, ल्यापटप १ थान, गेम बक्स १ थान, २ तोला बराबरको सुनको सिक्री २ थान डाँका चोरी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.६९ प २८४७ नम्बर र बा.७५ प ६३१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई सोही नगरपालिका-४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका-८ घर भई ललितपुर ईमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका-९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।

इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि एसईई र प्रविणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदुतावाससँगको समन्वयमा उनीहरूलाई राजदुतावास नजिकबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode