नेपाल स्काउटमा हलचल : रामप्रसादलाई हटाएर अजितलाई बनाइयो निर्देशक
काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेर अजित लामालाई नियुक्त गरिएको छ । लामो समयदेखि विवादमा तानिएका भट्टराई अन्ततः निलम्बित भएका हुन् ।
भट्टराई निलम्बित भएपछि उनको स्थानमा लामालाई ल्याइएको हो । निर्देशक भट्टराईको कर्मचारी नियुक्ति, कार्यालयको दैनिक कामकारबाही लगायतका प्रकरणमा आलोचना भइरहेको थियो । तर भट्टराईले आफूलाई गुण्डागर्दी शैलीमा कार्यकक्षबाट निकालिएको गुनासो गरेका छन् ।
भट्टराई भने आफै पनि विवादित पात्र हुन् । उनलाई मानव तस्करीदेखि भ्रष्टारसम्मको आरोप लाग्दै आएको छ । नेपाल स्काउटको निर्देशक नियुक्ति र निलम्बन युवा तथा खेलकुद मन्त्रालयले गरेको हो ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश
प्रतिक्रिया