Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

वेब सिरिज ‘ए घरबेटी बा’ मा मोडल मोनिका बुढाथोकी मुख्य भूमिकामा


काठमाडौं । अभिनेता सविन श्रेष्ठले निर्माण गरिरहेको वेब सिरिज ‘ए घरबेटी बा’ मा चर्चित तथा ग्याल्मर मोडल मोनिका बुढाथोकीले मुख्य भूमिकामा अभिनय गरेकी छिन् । दिनेश खड्काले निर्देशन गरिरहेको सिरिजको एक सिजनमा ५ भाग हुनेछन् ।

प्रनुप थापाको कथा रहेको सिरिजमा बुढाथोकीसहित सुलेमान शंकर इकु, प्रकाश श्रेष्ठ र बुढाथोकीको मुख्य भूमिका हुनेछ । सुमन बजगाईंको छायांकन रहने यो सिरिजको कथावस्तु कमेडी र लभस्टोरी रहेको बताइएको छ।

दर्शकले पछिल्लो समय अभिनेता सविन श्रेष्ठलाई भ्लग निर्माणमा सक्रिय देख्ने भएका हुन् । सविनसँग केही फिल्मको समेत लाइनअप छ । यस्तोमा उनले वेब सिरिज ‘ए घरबेटी बा’को निर्माण थालेका हुन् ।

कुनैबेला टिभीबाट प्रसारण हुने यो सिरिजलाई सविनले आफ्नै निर्माणमा अघि बढाएका हुन् । सिरिजको छायांकन सुरु भइसकेको । दर्शकले यसलाई सविनको युट्युब च्यानलमा हेर्न पाउनेछन् ।


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode