Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

सहकार्य र मोर्चालाई बलियो बनाउन मधेश केन्द्रीत दलले बनाए कार्यदल


काठमाडौं । मधेश केन्द्रीत राजनीतिक दलहरुले सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेश केन्द्रीत ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहनुभएको छ भने राजेन्द्र महत्तोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने छन् । कार्यदलले आगामी दिनमा दस्तावेज लेख्ने, आगामी बैठकको संयोजन गर्ने छ । बैठकमा अध्यादेशका बारेमा छलफल चलेको र भूमीसम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण भएको थियो ।

भूमीसम्बन्धी अध्यादेशले मधेशी, जनजाती आदीवासी लगाएतका नागरिकलाई उनकै भूमिबाट बञ्चित गरि आप्रवासनका नाममा फेरी अर्को संरचना प्रयास रहेकाले आफुहरुको बिचार नकारात्मक रहेको मधेश केन्द्रित दलको निष्कर्ष छ ।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode