Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

कालिन्चोक युवा क्लवको वार्षिक साधारण सभा सम्पन्न, मदनदास श्रेष्ठलाई सम्मान


काठमाडौं । कालिन्चोक युवा क्लवको अध्यक्ष निरेन्द्र मास्केको सभापतित्वमा क्लवको वार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर मानन्धर प्रमुख अतिथि रहेको साधारणसभाको विशेष अतिथिमा सोही क्लवका पूर्व संस्थापक उपाध्यक्ष भल्ला मास्के, संस्थापन पक्षका वरिष्ठ सल्लाहकार एवम् वरिष्ठ कलाकार तथा जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ लगायत सोही क्लवका पूर्व अध्यक्षहरू बैकुण्ठ प्रधान, प्रा.डा. श्यामजोशी, अमर प्रधान, नहेन्द्र प्रधान, प्रकाश श्रेष्ठ, गोपाल प्रधान लगायत अन्यको उपस्थिति थियो ।

त्यसैगरि कार्यक्रममा दोलखाकै विभिन्न संघसंस्था समकालीन एकतासमाज नेपाल, बनारसी सहयोगी हातहरू, द्वाल्खा म्यासमुचा खलक, छिजी द्वाल्खा डोबर, पाखलती सहयोगी समिति, प्रेम पूर्ण प्रताप फाउण्डेसन, साथीका लागि साथी समूह, साथी कल्याणकारी समूह सिआरडिएसका प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रम शुरुआत हुनुभन्दा पहिले यस क्लवका संस्थापक अध्यक्ष स्वर्गीय द्वारिकामान सिं प्रधान र पूर्व अध्यक्ष स्वर्गीय माधवमणि राजभण्डारीको स्मरणमा मौनधारण गरिएको थियो । यसपछि यस क्लवका रमेश प्रधानले स्वागत मन्तव्य दिएपछि प्रमुख अतिथि ईश्वर मान्नधरज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको विधिवत् उद्घाटन गरिएको थियो ।

प्राचीन एवम् ऐतिहासिक शहर दोलखाको सबैभन्दा पहिलो र पुरानो सामाजिक संस्था कालिन्चोक युवा क्लवको ५३औँ वार्षिक साधारण सभा र २०औँ अधिवेशनको पहिलो उद्घाटन सत्र कालिन्चोक युवा क्लवबाट विगतदेखि प्रकाशित गर्दै आएको ‘आँखा’ पत्रिका यसवर्ष स्वर्णिम अंकको रुपमा प्रमुख अतिथि ईश्वर मानन्धरको साथमा वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष र विभिन्न संघसंस्था प्रमुखहरूको हातबाट लोकार्पण भयो । कार्यक्रममा सो संस्थाको संस्थापक अध्यक्ष स्वर्गीय द्वारिकामान सिं प्रधानको स्मृतिमा स्थापना भएको कोषको रकम र क्लवकै तर्पmबाट गरेर रु. २० हजार रुपैयाँ र सम्मानपत्र सहित यस संस्थाका संस्थापक सल्लाहकार एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई प्रदान गरिएको थियो ।

त्यसैगरि आज दोलखामा भएको विभिन्न खेलकुदमा विजयी भएका खेलाडीहरूलाई दिइने शिल्ड तथा प्रमाणपत्रहरू सो खेलाडी समूह अनुपस्थिति भएकोले वनारसी सहयोगी हातहरूको अध्यक्ष निरेश श्रेष्ठको हातमा प्रदान गरिएको थियो । साथै आज नै कालिन्चोक युवा क्लवको आजीवन सदस्यहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

यसपछि यस कार्यक्रमलाई शुभकामना दिइने मन्तव्यबाट अगाडि बढ्ने क्रममा पूर्व सल्लाहकारहरू कृष्णप्रसाद मास्के, मदनदास श्रेष्ठ, पूर्व अध्यक्षहरू बैकुण्ठ प्रधान, अमर प्रधान, नहेन्द्र प्रधान, प्रकाश श्रेष्ठ त्यसैगरि द्वाल्खा गुठीका महासचिव उपेन्द्रप्रधान, समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठ, बनारसी सहयोगी हातहरूका अध्यक्ष निरेश श्रेष्ठ, पूर्व महासचिव एवम् सिआरडिएस संस्थाका अध्यक्ष प्रवीण प्रधान, द्वाल्खा म्यासमुचाकी अध्यक्ष विश्व लक्ष्मी श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । पहिलो सत्रको कार्यक्रमको अन्तमा सो सभाका सभापति निरेन्द्र मास्केले विगतका तीता मीठा कार्यहरूको बारेमा बताउँदै विभिन्न प्राकृतिक र जैविक प्रकोपमा रहेर पनि यस क्लवले गर्दै आएको कुरालाई खुलस्त पार्दै अब आउने कार्यसमितिले यस क्लवको गरिमालाई अझै सभ्य र भव्य बनाएर सामाजिक सेवा लगायत दोलखाको साँस्कृतिक परम्परा लगायत भाषा संस्कृतिको उत्थान गर्न अदम्य साहस निकालेर सफलता प्राप्त गरोस् भन्ने कामना व्यक्त गर्दै पहिलो सत्र समापन भएको घोषणा गरे । त्यसपछि दोश्रो बन्दसत्रमा महासचिव अनिलचन्द्र श्रेष्ठ र कोषध्यक्ष शान्त श्रेष्ठले विगतमा गरिएको कार्यप्रणाली आर्थिक कारोबारको प्रतिवेदन प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode