Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

अर्थतन्त्रको पछिल्लो अवस्था : व्यापार घाटा १९ प्रतिशतले घट्यो, विदेशी विनिमय सन्चिति साढे १३ खर्ब


काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएकको हो ।

पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि बढेको छ । बैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स सुधार आएको तथ्यांकले देखाउँछ । विस्तारै अर्थतन्त्र सुधारको गतिमा देखिए पनि महँगी भने बढ्दै गएको देखिन्छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२६ प्रतिशत रहेको देखिन्छ । यसका साथै यस अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । त्यस्तै, यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.३ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा, कुल विदेशी विनिमय सञ्चिति १३३७ अर्ब २९ करोड र अमेरिकी डलरमा १० अर्ब ३० करोड रहेको छ ।

यस्तै, संघीय सरकारको खर्च ५७६ अर्ब ३५ करोड र राजस्व परिचालन ४५८ अर्ब ९९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.२ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार बाह्य क्षेत्रमा केही सुधार आए तापनि अन्य क्षेत्रको स्थितिमा खास सुधार आएको छैन, करिब सात दशकको योजनाबद्ध र प्रजातन्त्र पुनस्र्थानापश्चातको तीन दशक वढीको प्रयासका बाबजुद पनि नेपाल अझै विश्वका ४६ कम आय भएका मुलुक अर्थात गरिब देशभित्रै पर्छ । अर्थतन्त्र दीर्घकालीन संरचनात्मक समस्याबाट माथि उठ्न सकेको छैन । तर बाहिय क्षेत्रका सुचकमा देखिएको सुधारले भने केहि हद सम्म भए पनि सकारात्मक संकेत गरेको छ ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode