Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

साइबर अपराध डरलाग्दो, प्रहरीलाई चुनौति


काठमाण्डौ । पछिल्लो समय साइबर अपराधका घटना तीब्र रुपमा बढिरहेको छ । डिजिटल ‘मिसयुज’, बदला, बेइज्जतीको मनोवृत्ति आदि कारणबाट पनि साइबर अपराधका घटना बढिरहेका छन् । फेसबुक, ह्वाट्सएप, ट्वीटर, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, भाइबर जस्ता सामाजिक सञ्जालहरुमा अश्लील, अशोभनीय कमेण्ट गर्ने, दुःख हैरानी दिने, बेइज्जती गर्ने लगायतका काम दिनानु दिन बढिरहेको छ । यस्ता घटनामा सामान्यतः अर्कै व्यक्तिको नाम र फोटो प्रयोग गर्ने हुनाले ती व्यक्तिको पहिचान गर्न पनि समस्या हुन्छ । वास्तविक प्रयोगकर्ता को हुन् भनेर अनुसन्धान गर्न पनि प्रविधि र प्राविधिक जनशक्तिको जरुरी हुन्छ ।

तर हालसम्म जिल्ला प्रहरी कार्यालयहरुमा त्यो जनशक्ति र प्रविधि छैन, जसका कारण साइबर अपराधका घटनामा अनुसन्धान र अभियोजन जिल्ला प्रहरी कार्यालयहरुका लागि त्यति सहज छैन । एसएसपी सोमेन्द्रसिंह राठौर नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताउछन् । नेपालमा पहिला फौजदारी र संगठित अपराध धेरै हुने गरेकामा हाल साइबर अपराधका घटना बढेको उनको भनाइ छ ।

एसएसपी सोमेन्द्रसिंह राठौर

नेपाल प्रहरीको तथ्यांकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को चैत १५ गतेदेखि असार १५ गतेसम्म त्यस्ता घटनाहरूबारे १,३०५ वटा निवेदन आएका थिए भने तीमध्ये ३८ वटा मात्र मुद्दा दर्ता भएका थिए । सोही प्रकृतिका घटनाहरूको निवेदन संख्या गत आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा ३,७५३ वटा पुगेको छ । तीमध्ये ४५ वटा मात्र मुद्दा दर्ता भएका छन् । यसको अर्थ अघिल्लो वर्षको तुलनामा गत वर्ष साइबर अपराधका घटनाहरू १८७.६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा १४ वटा मुद्दा दर्ता भएका थिए । सोही अवधिमा अनलाइन ब्याङ्किङ ठगीको आरोपमा ९ वटा, अनलाइन शपिङमार्फत् ठगी र स्पामको आरोपमा १÷१ वटा, अनलाइन भुक्तानीसम्बन्धी ठगी चिट्ठाको बहानामा ५÷५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै स्क्यामविरुद्ध ३, फिसिङविरुद्ध ४ र अन्य शीर्षकमा १३ वटा मुद्दा दायर भएका छन् ।


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode