Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

टर्की र सिरियामा भूकम्पमा परी ३५ हजारको मृत्यु, हिम आँधीका कारण उद्धारमा अवरोध


टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६ सय ४३ र सिरियामा तीन हजार ५ सय ८१ जनाको मृत्यु भएको हो ।

अझै पनि दुबै देशमा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने बताइएको छ । भूकम्पपछि आएको हिम आँधीका कारण भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् । भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन् । उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन् ।

सिरियामा टर्की निकट मानिने सीमा क्षेत्रमा विदेशी उपकरण आयात तथा प्रयोगमा लगाइएको प्रतिबन्धका कारण यहाँ स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्धार कार्य जारी राखिएको छ । त्यस्तै टर्कि सरकारले भत्किएका भवनहरू निर्माण गर्ने १ सय १३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये टर्कि पुलिसले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिइसकेको छ । यसअघि सरकारले भूकम्प प्रतिरोधी घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टाचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्किए सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् । भूकम्पका क्रममा टर्किएका हजारौँ विशाल भवनहरू भत्किन पुगेका छन् ।


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode