Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

टोपबहादुरलाई मामा बनाएर ठगीमा सक्रिय गिरोह भण्डारीको ललितपुरमा ६ करोडको घर


काठमाण्डौ । तत्कालीन उपप्रधान तथा ऊर्जामन्त्री तथा अहिलेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउने भनेर लाखौँ रकम असुलेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जि जारी भएको हो । रायमाझीलाई मामा भनेर सम्बोधन गर्ने सानुराम भण्डारी यसअघि नै पक्राउ परिसकेका छन् ।

सानु भण्डारीको नाममा रहेको ललितपुरको घर

रायमाझीले मन्त्री हुँदा अकूत सम्पत्ति कमाएर ललितपुरको सेतीपाखामा करिब ६ करोड रुपैयाँमा घर बनाएको देखिएको छ । घर बनाएको ठाउँमा ९ आना जग्गा रहेको छ । रायमाझीले त्यहाँ घर बनाए पनि पछि सम्पत्ति शुद्धिकरणले छननबिन गर्न सक्ने डरले उक्त घर भान्जा सानुराम भण्डारीको नाममा राखेको बुझिएको छ । त्यसैगरी ललितपुरकै हात्तिवनमा पनि भण्डारीको नाममा जग्गा रहेको बताइएको छ । भान्जा भण्डारी पनि शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परिसकेका छन् ।

सानु भण्डारी

टोपबहादुरलाई मामाको साइनो लगाएर नजिक भएका भण्डारीले उनै टोपबहादुरलाई हातमा लिएर अकूत पैसा कमाएको देखिएको छ । भण्डारीले लाभ लिनका लागि टोपबहादुरलाई मामाको साइनो लगाएर आफू भान्जाको रुपमा प्रस्तुत हुने गर्दथे । रायमाझी र भण्डारीबीच एकअर्काको घरमा आउजाउ पनि हुने गरेको खुलेको छ ।

गिरोहका चार सदस्यमा भण्डारीसहित केशव दुलाल, सागर थुलुङ राई र टेक गुरुङसमेतलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरबाट अनुसन्धान भइरहेको छ ।

बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । टोपबहादुर अहिले गृह जिल्ला अर्घाखाँचीमा छन् ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode