Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

शरणार्थी प्रकरण : ८ जना पक्राउ, केही फरार, अझै ११ जना निशानामा


काठमाण्डौ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको छ । भुटानी शरणार्थीका नाममा अमेरिका उडाउने भन्दै सर्वसाधारणबाट असुल गरिएको भन्दै उजुरी परेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले पहिलो पटक गत चैत १२ मा यसका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई ललितपुरबाट पक्राउ गरेको थियो ।

उनीहरूको बयान र उजुरीका आधारमा सागर थुलुङ राई, सन्देश शर्मा पोखरेल, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे र सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन् । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि फान्दामा परिसके । उनीविरुद्ध पक्राउ पुर्जि जारी भए पनि अवस्था भने अज्ञात छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार छन् थापाका छोरा प्रतीक र पूर्वगृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा थप १०–११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भीक अवस्था देखिएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०–११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भीक अवस्था रहेको बताएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्की

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको थियो ।

प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपेर ८ सय ७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको हो । संगठित अपराधअन्तर्गत अघि बढेको यो मुद्दामा ६० दिनसम्म प्रारम्भिक अनुसन्धान गरेर अदालतमा लैजाने सरकारी वकिल कार्यालयको तयारी छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode