Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

भ्रष्टाचारीलाई नछोड्ने प्रचण्डको उद्घोष, अर्को चुनाबमा बहुमत ल्याउने दाबी


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेरावन्दी र दवावको सामना गर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेरावन्दी र दवावको सामना गर्ने बताए ।

उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफु कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरु र भूटानी शरणार्थीहरुका रुपमा नेपालीहरुलाई बेच्नेले नै आफु र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे ।

अहिले माओवादीलाई ३२ सिटे भनेर व्यङ्ग्य गर्ने गरेको भन्दै अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई कव्जा गर्ने चेतावनी दिए । लामो समय देखिएको गलत कार्यशैलि र संस्थागत भ्रष्टाचारका कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरुको अधिकारसंग जोडिएको बिषय भएकाले समय तोकेर नै केहि समयभित्रै समधान गर्ने प्रयास गर्ने आश्वासन दिएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode