शरणार्थी प्रकरणका आरोपी पूर्वसभासद शेर्पाले गरे आत्मसमर्पण
काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शरणार्थी प्रकरणमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । आइतबार पक्राउ पूर्जि जारी गरेपछि उनी सम्पर्कविहीन भएको बताइएको थियो ।
पूर्वसभासद शेर्पाले आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा पुगेर आत्मसमर्पण गरेका हुन् । उनले शरणार्थी प्रकरणका एक नाइके सानु भण्डारीलाई हिरासतमै गएर भेटेका थिए । यो थाहा पाएपछि प्रहरीले पक्राउ पुर्जि जारी गरेको थियो ।
शेर्पा रामेछापबाट २०७० सालमा सभासद निर्वाचित भएका थिए । उनी शरणार्थी प्रकरणमा पक्राउ पर्ने १४ औं व्यक्ति बनेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया