जनयुद्व शब्दका कारण योगेश–देवेन्द्र–मिनेन्द्रबीच रोचक घोचपेच
काठमाण्डौ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले जनयुद्ध शव्दप्रति आपत्ती जनाएका थिए । भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शव्द उल्लेखित भएको भन्दै ७२ सालपछि कुनैपनि सरकारी दस्तावेजमा जनयुक्त शव्द उल्लेख नभएपनि प्रधानमन्त्रीले अहिले राष्ट्रपतिलाई जनयुद्ध शव्द उच्चारण गर्न लगाएको बताएका हुन् ।
भट्टराईको टिप्पणीप्रति नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आपत्ति जनाए । भट्टराईले जनयुद्धको अवमूल्यन गर्न खोजेको भन्दै पौडेलले यस बिषयमा शव्दकोष पल्टाएर हेर्न सुझाव समेत दिए । जनताले लडेको युद्ध जनयुद्ध भएकाले जनयुद्ध अन्य कुनै जनावरकाबीच भएको जस्तो गरी भइरहेको टिप्पणीप्रति आपत्ति जनाए । उनले १२ बुदे सहमतिमा एमालेका नेताहरुले नै गरेको हस्ताक्षर नविर्सन समेत भट्टराईलाई सुझाव दिए ।
आफ्नो धारणा राख्ने क्रममा भट्टराईले नेपाली कांग्रेसलाई पनि निशाना बनाए । भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेर नेपाली कांग्रेसले गलत गरेको बताए । भट्टराईको यो तर्कलाई नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले फेसबुकमार्फत कडा जवाफ दिएका छन् । नेता रिजालले एमाले समेत सहभागी सरकारले २०६५÷६६ मा संसदमा प्रस्तुत गरेको नीति तथगा कार्यक्रममा जनयुद्ध पदावली लेखिएको स्मरण गराएका छन् । सो शब्द हटाइयोस् भनेर आफूले संशोधन प्रस्ताव राखेपनि एमाले समेतको मतबाट अस्वीकृत भएको स्मरण पनि गराएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया