Techie IT
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

आन्दोलन बाट किन पछि हट्यो राष्ट्रिय सहकारी महासघं ? कार्यदलका सदस्यहरुले दिन थाले राजीनामा


ललितपुर । सरकार विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको राष्ट्रिय सहकारी महासंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलले मध्यरातमा विज्ञप्ती जारी गर्दै आन्दोनको कार्यक्रम स्थगित गरेको हो । जारी विज्ञप्तीमा भनिएको छ,जेठ २१ गतेदेखि गर्ने भनिएका सम्पुर्ण दबाबमुलक कार्यक्रमहरु विशेष कारणवश स्थगित गरिएको र मागहरु पुरा गरउानका लागि तुरन्त दबाबमुलक कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

मध्यरातमा आउको विज्ञप्ती विरद्ध असन्तुष्ठी पोख्दै कार्यदलका कतिपय सदस्यहरुले विरोध गर्दै राजीनमा समेत दिएका छन । राजीनमा दिने सहकारीकर्मी नरेन्द्र विष्टले सम्पुर्ण सहकारकर्मीहरु माथी महासघं र कार्यदलले घात गरेको र गैरजिम्मेवारपन प्रस्तुत गरेको भन्दै कार्यदलको सदस्य बाट राजीनामा दिएका हुन ।

आन्दोलनका कार्यक्रम अन्र्तगत आज संघीय सहकारी विभाग र साथै प्रदेशको सहकारी महाशाखामा रिले अनसनको कार्यक्रम रहेको थियो ।


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode