नागरिकता नपाएपछि आत्मदाहको प्रयास, को हुन् ति युवा ?
काठमाण्डौ । राज्यले नागरिकताविहीन बनाएको भन्दै एक युवकले काठमाडौंको माइतिघरमा आत्मदाहको प्रयास गरेका छन् ।
नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताबिहीन संघंर्ष समितिले आयोजना गरेको प्रदर्शनका क्रममा मोरङ घर भएका निरोज कामदले आत्मदाहको प्रयास गरेका हुन् । उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगाउत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
नागरिकताबिहीन संघंर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रबाद चाहिदैन लगाएतका नारा लगाउदै माइतिघरमा प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया