शिक्षा,स्वाथ्य र पुर्वाधार विकासलाई प्राथमितामा राख्दै गोदावरी नगरपालिकाले ल्यायो दुई अर्व ३३ करोड बजेट
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको बार्षिक बजेट ल्याएको छ । उपप्रमुख मुना अधिकारीले आईतबारकोे नगरसभामा प्रस्तुत गरेको बजेट नगरसभा सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका छन् ।
गोदावरी नगरले शिक्षा , स्वाथ्य र पुर्वाधार विकासलाई उच्च प्राथमितामा राख्दै शिक्षातर्फ ५ करोड , स्वाथ्य तर्फ ३ करोड र पुर्वाधार तर्फ ३५ करोेड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सम्पदा संरक्षण, खानेपानी, खेलकुद तथा खेल पूर्वाधार निर्माण, दमकल खरिद, नगर बस संचालनका लागि २२ करोड बजेट छुट्याइएको छ ।
नगरपालिकाले कृषितर्फ १ करोड ५० लाख बजेट विनियोजन गरेको उप प्रमुखले नगरसभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ । वार्षिक बजेट तथा कार्यक्रममा सडक बत्तीका लागि ३ करोड, फोहोर मैला व्यवस्थापन , तरकारी बजार सञ्चालन, स्वरोजगार कार्यक्रम, सिंचाइ, पर्यटकीय पदमार्ग निर्माण र सूचना प्रविधिका लागि १ – १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नगरसभाका अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बज्रवाराही अस्पतालको भवन निर्माणसंगै अस्पताललाई सुविधा सम्पन्न बनाउने वताए । प्रमुख महर्जनले वडाहरुमा स्वास्थ शिविर र निशुल्क ओैषधि वितरण गर्ने कार्यक्रमहरु राख्ने, नगरवासीहरुलाई दीर्घरोग लाग्नबाट बचाउन विभिन्न कार्यहरु गर्ने, तरकारीको पकेट क्षेत्रका लागि बीउ वितरण गर्ने, महिला उद्यमी र किसानहरुलाई अनुदान तथा व्याज सहुलियत सहित ऋण कार्यक्रमहरु लागू गर्ने, धार्मिक पर्यटनलाई जोड दिने लगायतका कार्यहरुलाई प्राथमिकता दिने योजना रहेको वताए ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया