Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

इन्डो-नेपाल आशिहारा कराते च्याम्पियनसिपका विजेता सम्मानित (तस्बीरमा हेर्नुहोस)


ललितपुर । इन्डोनेपाल आशिहारा कराते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक विजेता १२ खेलाडी सम्मानित भएका छन् । सोसाई मात्सु तात्सु ओयामा कराते क्योकुसिन नेपाल, आई। के। ओ। क्योकुसिनकाईकान नेपालले आइतबार ललितपुरको नखिपोटस्थित एस। आई आर डोजोमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं। १४ का अध्यक्ष अमृतजंग महतले विजेता खेलाडीहरूलाई सम्मान पत्र गरे ।

यहीँ जुन १७ र १८ तारिखमा भारतको उत्तरप्रदेशको गाजियाबादस्थित लिलावती पव्लिक स्कुल प्रताप विहारमा भएको कराते प्रतियोगिता नेपालले स्वर्ण र रजत गरि १२ पदक हासिल गर्न सफल भएको थियो । सम्मान कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष अमृतजंग महत पढाईको साथसाथै खेलकुदलाई पनि संगसंगै लैजान र अनुशासित भएर खेल्न आग्रह गरे । आगामी दिनमा पनि खेल क्षेत्रलाई निरन्तरता दिन सफलता मिलोस् । पढाईको साथसाथै खेलकुदलाई पनि संगसंगै लैजान र अनुशासित भएर खेल्न आग्रह गर्दछु ।

अध्यक्ष महतले भने,महतले खेलकुदको विकासका लागि खेलाडी र डोजोलाई निरन्तर सहयोग गर्ने वताए । उनले आगामी वर्ष बजेट व्यवस्थापन गरेर सहयोग गर्ने र वडास्तरीय बजेटबाट डोजो व्यवस्थापन गर्न सहयोग गर्ने वताए । सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ सिहान दिपक लामाले विजेता खेलाडीहरूले आगामी दिनहरुमा हुने अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्षम हुने र उत्कृष्ट नतिजा ल्याउने विश्वास विश्वास व्यक्त गरे । उनले खेलाडीहरुलाई उच्च मनोबलका साथ अनुशासित र जिम्मेवार भएर खेल प्रदर्शन गर्न प्रेरित गरे ।

आशिहारा कराते च्याम्पियनसिपमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य रेफ्री समिर श्रेष्ठले यो प्रतियोगितामा स्वर्ण पदक हासिल गरेर खेलाडीहरुले देशको मान रफसान उच्च बनाएको वताए ।  यो प्रतियोगिताबाट खेलाडीहरुले मात्रै जीत हासिल गरेको हैन, देशको समेत सान र मान बढेको छ । हाम्रा खेलाडी,रेफ्रीहरु, टिम व्यवस्थापकलगायत सबैले आयोजकको मन जितेर आउन सफल भएका छौं । हाम्रो खेल प्रस्तुति र व्यवहारले उनीहरु खुसी छन् । आयोजकलाई खुसी पारेर यति धेरै पदक हासिल गर्न सक्नु हाम्रो महत्त्वपूर्ण सफलता हो ।

मुख्य रेफ्री श्रेष्ठले भने अभिभावक तथा प्रतियोगितामा टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका रामहरि थापाले अत्मबिस्वासले खेल्न सफल भएकोमा खेलाडीहरुलाई हार्दिक बधाई भन्दै सफलताको शुभकामना व्यक्त गरे ।आशिहारा कराते च्याम्पियनसिपमा नेपालका तर्फबाट पुरुषतर्फ नेपाली खेलाडीहरु सात वर्षीय बुधेश तामाङ,११ बर्षीय शेसेहाङ यौंग्य लिम्बु, १३ बर्षीय करण शाही, १५ बर्षीय साहिर श्रेष्ठ, १७ वर्षीय महेश कुमार गोले र १९ वर्षीय अमित तामाङले स्वर्ण पदक हासिल गर्न सफल भएका थिए ।

त्यस्तै महिलातर्फ ११ वर्षीय रचना थापा, १३ वर्षीय विनिशा राई, १५ वर्षीय संगीता परियार, १७ वर्षीय मोनिका तामाङ र रोहनी कस्तीले स्वर्ण पदक हासिल गर्न सफल भएकी थिइन् भने १५ वर्षीय अन्जु श्रेष्ठले रजत पदक हात पार्न सफल भएकी थिइन् । एसआई आर डोजोका प्रमुख राज कुचीकारले अनुशासित रुपमा राम्रो खेल प्रदर्शन गरेर खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा सकरात्मक सन्देश दिएकोमा खेलाडीहरुलाई धन्यवाद व्यक्त गरे । उनले यस डोजोमा खेल्ने खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक हासिल गर्दा अन्य खेलाडीहरूलाई पनि डोजोमा खेल्न आउन उत्प्रेरित हुने अवसर मिलेको वताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode