चन्द्रागिरिको श्रीकृष्ण माविका शिक्षकले कुटे विद्यार्थी,शिक्षक पक्राउ
ललितपुर । चन्द्रागिरि नगरपालिका–१ स्थित श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। कक्षा ८ मा अध्ययनरत छात्रा अस्मिता परियारलाई शिक्षक एकराज पण्डितले कुटेका हुन । विद्यालयका प्रध्यानाध्यापक बलराम कार्कीका अनुसार शिक्षक पण्डितले दिउँसो ३ बजे कक्षामा छात्राको कानमा हिर्काएका थिए।
त्यसरी हिर्काएपछि अस्मिता बेहोस भएकी थिइन्। शिक्षकको कुटाईबाट बेहोस भएपछि उनलाई सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि लगिएको थियो । कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ । अहिले उनको होस खुलिसकेको छ
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया