एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ
ललितपुर । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहले जानकारी दिए । यही मुद्दाका अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया