सरकारी खाता आजबाट बन्द हुनेछन्
ललितपुर । महालेखा नियन्त्रकको कार्यालयले आजदेखि सरकारी खाता बन्द हुने बताएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन ७ दिन अगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था अनुसार आजबाट सबै खालको चेकको भुक्तानी रोकिने महालेखाको कार्यलयले जनाएको छ ।
दुई हप्ता अघि नै महालेखाले परिपत्र गर्दै एकल खाता कोषबाट जारी भएका राजस्वका चेकबाहेक अन्य सबै खालको चेकको भुक्तानी रोकिने जानकारी दिएको हो । असार १० को परिपत्रमा चालू आर्थिक वर्षका सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्नु भनेको थियो ।महालेखाको उक्त परिपत्र अनुसार आजबाट सबै कोलेनिका र प्रलेनिकाको खाता बन्द हुनेछन् । प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका खाताहरु पनि आजदेखि एक साताका लागि बन्द हुनेछन्।
क्याटेगोरी : अड्डामा खोज मिसन, अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया