टक्सार महाशाखा पुर्याइयो विमानस्थलबाट बरामद गरिएको सुन
ललितपुर । मगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन परीक्षणका लागि टक्सार विभाग ल्याइएको छ। बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्याइएको हो। महाशाखामा सुन परीक्षण र नापतौल गरिन्छ। त्यहाँ ८ वटा पोकामा १६० ढिक्का सुन नापजाँचका लागि लगिएको हो। राजश्व अनुसन्धान कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलले उक्त सुन महाशाखामा पुर्याएको हो।
क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया