न्यायाधीश नियुक्तिमा किन ढिलाई ?
ललितपुर । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अवकाश हुन पुग नपुग एक हप्ताको समय बाँकी छ । तर अदालतहरुमा भने न्यायाधीस नियुक्तीमा ढिलाई भईरहेको छ । सर्वोच्च अदालतमै न्यायाधीश रिक्त छन । समयमै नियुक्त नगर्ने हो भने एक तिहाई पद अझै रिक्त हुनेछन । तर न्यायपरिषदले भने नियुक्तीका लागी अझै चासो देखाएको छैन ।
गएको असारमा २ महिनाका लागी प्रधानन्यायाधिसमा नियुक्त भएका प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले अवकाश पाउन पुग नपुग एक हप्ताको समय बाँकी छ । तर कार्यभार सम्हाल्दै गर्दा छिट्टै न्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्ने बताएका कार्की बाचा पुरा गर्न भने चुकेका छन् । त्यसोत कार्कीले न्यायाधीश नियुक्तीमा आफ्नो सक्रियता कायमै रहेको बताईरहेका छन् । तर पदाबधि सकिनै लाग्दा उनको कार्यकालमा न्यायाधीश नियुक्त हुने सम्भावना भने कमजोर बन्दै गएको छ ।
प्रधानन्यायाधीश कार्की स्वयंले पनि न्यायाधीश नियुक्तीमा ढिलाई भईरहेको बताईरहेका छन । न्यायाधीश नियुक्तीमा ढिलाई हुदा अदालतको काम कारबाहि पनि प्रभावित बनेको प्रधानन्यायाधीश कार्कीको स्विकारोक्ति छ । न्यायाधीश रिक्त हुनुभन्दा एक महिना अगाबै नियुक्तीका लागी सिफारिस गर्नुपर्ने प्राबधान छ । तर सर्वोच्च अदालतमा अहिले ६ जना न्यायाधीशको पद रिक्त छ । प्रधानन्यायाधिस कार्कीको अबकासपछी यो संख्या ७ पुग्नेछ । त्यसको प्रत्यक्ष असर न्याय सम्पादनमा पर्नेछ ।
राजनीतिक भागबण्डामा सकस भएपछी न्यायाधिस नियुक्तीमा ढिलाई भईरहेको आरोप पनी लागीरहेको छ । तर प्रधानन्यायाधिस कार्की भने राजनीतिक मतभेदका कारण न्यायाधीश नियुक्तीमा ढिलाई नभएको बताउछन । न्यायाधीश नियुक्तिका विषयमा सम्बन्धित निकायले चासो ब्यक्त गरीरहेका छन । सरकारी वकिल समाजले त सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीशको पद रिक्त रहेको र नियुक्ति ढिलाइ भएको भन्दै एक विज्ञप्ति पनी सार्बजनिक गरीसकेको छ । तर कानुनमन्त्री धनराज गुरुङ भने न्यायाधिश नियुक्तीमा ढिलाई नहुने बताउछन ।
त्यसो त सर्वोच्च अदालतमा मात्रै होइन, उच्च र जिल्ला अदालतमा समेत न्यायाधीशको दरबन्दी खाली छ । तर वहालवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकाशअघि सरकारले न्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउने संकेत गरेको छैन । साउन १९ गतेदेखि कार्की अवकाशमा जाने र भावी प्रधानन्यायाधीश नियुक्त भएपछि मात्रै न्यायाधीशहरु नियुक्ती हुने देखिएको छ ।
क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार
प्रतिक्रिया