माओवादी पदाधिकारी बैठक बस्दै,यस्त छन बैठकको एजेण्डा

ललितपुर। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार ९आज० बस्दैछ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएपछि आजको लागि बोलाइएको हो ।
माओवादी पार्टी कार्यालयका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो । पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको हो ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया