सिआईबीले अघि बढायो सुन तस्करी प्रकरणमा अनुसन्धान, थापा तोकिए अनुसन्धान अधिकृत

ललितपुर । एक क्निन्टल सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले अघि बढाएको छ । अनुसन्धान गर्ने जिम्मेवार िकेन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पाएका छन्। राजस्व अनुसन्धान विभागले आइतबार मात्रै सो प्रकरणमा अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई बुझाएको थियो। प्रहरीले अनुसन्धान गर्न सो फाइल सिआइबीलाई दिएको थियो।
सिआइबीले प्रहरी उपरीक्षक थापाको नेतृत्वमा अनुसन्धान अगाडि बढाउने जिम्मेवारी दिएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएपछि सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको हो ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया