१० करोड बढी भ्रष्टाचारको आरोप लागेका ललितपुर मालपोतका अधिकृत ढकाललाई विशेष अदालतले दियो सफाइ

ललितपुर । अकुत सम्पत्ति आर्जनमा ललितपुर मालपोत कार्यालयका शाखा अधिकृत बद्रीराज ढकाललाई विशेष अदालतले सामेबार सफाइ दिएको छ । बलभद्र बास्तोला , खुशीप्रसाद थारु र यमुना भट्टराईको इजलाशले ढकाललाई आरोपबाट सफाइ हुने फैसला सुनाएको हो ।
ढकालसँगै उनकी श्रीमती सृजना अर्याल र जेठान नवराज अर्यालले पनि सफाइ पाएका छन् । अख्तियार दुरुपायेग अनुसन्धान आयोगले २०७७ जेठ २० गते विशेष अदालतमा १० करोड रुपैयाँ भन्दा बढी अकुत सम्पती आर्जन गरेको भन्दै मुद्धा दायर गरेको थियो ।
सम्पत्ति जफत प्रयोजनका लागि सृजना र नवराजलाई पनि प्रतिवादी बनाइएको थियो । अस्थायी शिक्षकमा २०५४ माघ १४ गते नियुक्ति पाएका ढकालले २०५५ असोज १६ गते खरिदारमा नाम निकालेर मालपोत कार्यालय लमजुङबाट सेवा सुरु गरेका थिए । उनी कास्की, तनहुँ, पर्सा ,डिल्लीबजार र ललितपुर मालपोतमा कार्यरत रहेका थिए ।
क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया